हिमाल कलेजका विद्यार्थी गण्डकीकै उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हिमाल कलेजका विद्यार्थी गण्डकीकै उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् ।

    हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि कार्कीका अनुसार २०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् । परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएर गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका हुन् । गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको कार्कीले बताए ।