भानुको विकासका लागि सीतारामको दश मोडल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुको विकासका लागि सीतारामको दश मोडल

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    भानु । भानु नगरपालिकाका मेयर उम्मेदवार सीताराम बजगाइँले भानुको विकासका लागि दश मोडल प्रस्तुत गरेका छन् । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बजगाइँले भानुको विकासका लागि दश मोडल प्रस्तुत गरेका हुन् ।

    ‘आर्थिक, सामाजिक, भौतिक, वातावरणीय र सुशासनसहितको समृद्धि भानु नगर’ नारालाई सार्थक बनाउने लक्ष्य लिइएको बजगाइँले बताए ।

    व्यावसायिक कृषिको विकास, पर्यटनको विकास, आधुनिक शिक्षाको विकास, उद्योगको विकास, पूर्ण डिजिटल पालिका, युवाको सीपको विकास, आधारभूत सामाजिक सुरक्षाको विकास, आधारभूत स्वास्थ्यको विकास, पानीको समस्या समाधान र विपन्न वर्गको विकासको मोडल सार्वजनिक गरिएको छ ।