संविधानसभा सदस्य झुलबहादुर आलेलाई कांग्रेसद्वारा निलम्बन, ११ जनालाई कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधानसभा सदस्य झुलबहादुर आलेलाई कांग्रेसद्वारा निलम्बन, ११ जनालाई कारवाही

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७९, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले संविधानसभा सदस्य सहित दुईलाई निलम्बन र ११ जनालाई कारवाही गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई सहयोग गरेको आरोपमा उनीहरु कारवाहीमा परेका हुन् ।

    नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयको वैशाख २२ गतेको प्रेस विज्ञप्ती र काङग्रेसको विधान २०१७ (संशोधन सहितको) धारा ३४ (४) (ख) र (ग) बमोजिम कसुर गरेको हुँदा जिल्ला अनुशासन समितिले संविधानसभा सदस्य एवं महासमिति सदस्य झुलबहादुर आले र नेपाली काङ्ग्रेस ऋषिङ गाउँ कार्य समितिका सभापति तिलबहादुर थापालाई निर्वाचन अवधिमा निलम्बन गर्ने निर्णय भएको अनुशासन समितिका सभापति केशबहादुर सुनारले जानकारी दिए ।

    संविधानसभा सदस्य एवं महासमिति सदस्य आले र गाउँ कार्य समितिका सभापति थापालाई ऋषिङमा गाउँपालिकाको स्वतन्त्र अध्यक्ष उम्मेदवार श्रीराम आले र स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार दुर्गा थापाको प्रचारप्रसार गरेको आरोप लागेको छ ।

    यसैगरी अनुशासन समितिले ११ जनालाई पार्टीको सदस्यताबाट निष्काशन गरेको छ । अनुशासन समितिले वडा नम्बर २ का सदस्य दिपकराज जोशी, भानु नगरपालिका वडा नम्बर १ का क्रियाशील सदस्य नारायण पन्थ, भानु नगरपालिका वडा नम्बर ११ का सदस्य हस्तबहादुर क्षेत्री, भानु नगर समितिका सचिव सीताराम बानियाँ, आँबुखैरेनी वडा नम्बर २ का क्षेत्रीय प्रतिनिधि कटकबहादुर थापा, आँबुखैरेनी वडा नम्बर ५ का क्षेत्रीय प्रतिनिधि पञ्चबहादुर गुरुङ, म्याग्दे गाउँपालिका वडा नम्बर १ का क्षेत्रीय प्रतिनिधि विष्णुबहादुर थापा, मुक्तिनाथ खनाल, म्याग्दे गाउँपालिका ३ का क्रियाशील सदस्य गङ्गादत्त अधिकारी, सीता अधिकारी र क्षेत्रीय प्रतिनिधि रामचन्द्र श्रेष्ठको सदस्यता निष्काशन गरिएको जनाइएको छ ।