काङ्ग्रेस तनहुँद्वारा १५ जनाकाे राजिनामा स्वीकृत, सदस्यता खारेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस तनहुँद्वारा १५ जनाकाे राजिनामा स्वीकृत, सदस्यता खारेज

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७९, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले विभिन्न मितिमा राजिनामा पेश गरेका १५ जनाको राजिनामा स्वीकृत गरेकाे छ । जिल्ला सभापति जितप्रकाश आलेले शुक्रबार विज्ञप्ती सार्वजनिक गर्दे उनीहरुकाे राजिनामा शुक्रबारबाटै लागु हुने गरी स्वीकृत गरिएको र निजहरुको पार्टी सदस्यता खारेज गरिएको जनाएका छन्

    जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार क्षेत्रीय प्रतिनिधि चुडामणि दाहाल, क्षेत्रीय प्रतिनिधि राजकुमार श्रेष्ठ (राकु), क्रियाशल सदस्य दीर्घ थापा, क्षेत्रीय प्रतिनिधि सूर्यभक्त अधिकारी, व्यास नगर कार्य समिति सदस्य यामबहादुर थापा, जिल्ला कार्य समिति सदस्य विश्व बास्तोला, क्रियाशील सदस्य भोजबहादुर आले, महासमिति सदस्य महेश्वर भट्टराई, क्षेत्रीय प्रतिनिधि श्रीराम आले, वडा सचिव दुर्गाबहादुर थापा, जिल्ला सदस्य भरतकृष्ण श्रेष्ठ, वडा सभापति भरतकुमार श्रेष्ठ, कृष्णबहादुर अधिकारी, वडा सहसचिव आशिष खत्री र क्षेत्रीय प्रतिनिधि केशमाया गुरुङको राजिनामा स्वीकृत भएकाे छ ।