तनहुँमा चार पालिकामा मतगणना सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चार पालिकामा मतगणना सुरु

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    दमाैली । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो ।

    बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु भएको छ । अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ ।

    व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल भएको छ । व्यास नगरपालिका–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा एमाले र गोविन्दराज जोशी समूहले पुनः मतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

    स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ । जिल्लाका दश वटै पालिकाका दुई सय ९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।