ऋषिङ । ऋषिङ गाउँपालिकामा दुई हजार पाँच सय ४० मत गणना हुँदा नेपाली काङ्ग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । काङ्ग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले आठ सय २७ मत ल्याउँदा एमालेका हरिराज कंडेलले सात सय ८९ मत प्राप्त गरेका छन् ।
यसैगरी अध्यक्षका स्वतन्त्र उम्मेदवार श्रीराम आलेले चार सय ८० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी गिनुमाया थापाले एक हजार १७ र माओवादीका मधु थापाले नौ सय ३८ मत प्राप्त गरेका छन् ।