आँबुखैरेनीमा माओवादीका शुक्र चुमानको अग्रता बढ्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा माओवादीका शुक्र चुमानको अग्रता बढ्दै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका शुक्र चुमानले अग्रता बढाएका छन् । वडा नम्बर १ को गणना सकेर २ को गणना जारी रहँदा चुमानले अग्रता बढाएका हुन् ।

    वडा नम्बर १ बाट आठ सय ७५ मत प्राप्त गरेका चुमानले वडा नम्बर २ को एक हजार दुई सय गणना गर्दा छ सय ६८ मत प्राप्त गरेका छन् । उनले हालसम्म एक हजार पाँच सय ४३ मत प्राप्त गरेका छन् ।

    नेपाली काङ्ग्रेसका अध्यक्षका उम्मेदवार गिरबहादुर थापाले छ सय २६ र नेकपा एमालेका ऋषि केसीले चार सय ७५ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै दुर्गा अर्यालको अग्रता छ । उनले एक हजार एक सय ६३ मत प्राप्त गरेकी छन् । नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले छ सय२३ र नेकपा एमालेका मिना केसीले सात सय ५० मत प्राप्त गरेकी छन् ।