भिमाद । भिमाद नगरपालिका–९ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रनबहादुर थापा एक हजार ४० मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मनबहादुर थापाले चार सय ९६ मत प्राप्त गरे।
खुल्ला सदस्यमा रुद्रबहादुर क्षेत्री एक हजार तीन, शिवकुमार आले एक हजार एक, महिला सदस्यमा ओमकुमारी थापाले एक हजार ३८ र दलित महिला सदस्यमा डिलकुमारी बसेलले एक हजार ४० मत प्राप्त गरे ।