दमौली । व्यास नगरपालिका-३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा अनुप राना विजयी भएका छन् । राना ६५७ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेकपा एमालेका बलराम श्रेष्ठले २५२ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठले ८२ मत प्राप्त गरे ।
वडा सदस्यमा दधिराज घिमिरेले ४६८, शान्तिरमण वाग्लेले ४७४, महिला सदस्यमा विनु श्रेष्ठले ५१९ र दलित महिला सदस्यमा श्रीमाया विकले ५५८ मत प्राप्त गरेका छन् ।