


दमाैली । व्यास नगरपालिका–१० मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा खेमराज पोख्रेल एक हजार तीन सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिस्पर्धी नेकपा एमालेका मदन तिमिल्सिनाले आठ सय ७६ मत प्राप्त गरे ।
खुल्ला सदस्यमा यज्ञप्रसाद शर्मा एक हजार चार सय ९६, इश्वरप्रसाद पौडेल एक हजार दुई सय ६४, महिला सदस्यमा बासना कुंवर एक हजार तीन सय ६२ र दलित महिला सदस्यमा खिरमाया विक एक हजार चार सय ४६ मत प्राप्त गरी विजयी भएका छन् ।