कांग्रेस केन्द्रीय सदस्य भट्टराईको वडामा कांग्रेस प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कांग्रेस केन्द्रीय सदस्य भट्टराईको वडामा कांग्रेस प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०७९, आईतवार

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । व्यास-११ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।

    वडाध्यक्षमा दलबहादुर दुरा विजयी भएका छन् । उनले नेकपा एमालेका वीरेन्द्रबहादुर अधिकारीलाई पराजित गरे ।

    वडा सदस्यमा गोकुल राना, रामकृष्ण अधिकारी, महिला सदस्यमा इन्दिरा अधिकारी र दलित महिला सदस्यमा कमला विक निर्वाचित भएका छन् ।

    यसअघि कांग्रेस केन्द्रीय सदस्यका सबै वडामा कांग्रेस पराजित भएको थियो । भट्टराईले भने आफ्नो साख बचाएका छन्।

    केन्द्रीय सदस्य प्रदीप पौडेलको वडा शुक्लागण्डकी-८, शंकर भण्डारीको वडा भानु-९ र ध्रुव वाग्लेको वडा व्यास-५ मा एमाले विजयी भएको थियो ।