दमौली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले आफूले नगरवासीको मन जितेको बताएका छन् । नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएपछि जोशीले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
‘यो चुनाबमा जित्नु , हार्नु मेरो लागि ठूलो कुरा होइन। जुन जीवनशैलीमा म जीबन जिउँछु त्यसमा मलाई जितले खुशी र हारले दुखी बनाउँदैन,’उनले भनेका छन्, ‘ किनभने म आशक्ति बाट टाढा छु। तर पनि जितको एउटा गुन्जायसले मात्रै पनि एउटा परिवर्तनका लागी केही गर्छु भन्ने एउटा मौका केही समयका लागि पर सारेको छ। केही छैन तपाईंको यो माया र विश्वासको अनादर गर्ने छैन। म व्यास नगर पालिका प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु।,
जोशीको भनाई जस्ताको तस्तै
आदरणीय व्यास नगरवासी आमा बुवा, दिदी बहिनी, दाजु भाई साथै मेरा सहयात्रीहरु जसले मलाई विश्वास गरेर आफ्नो अमूल्य समय र अमूल्य मतको दान गर्नु भएको छ । जसलाई लिएर म निकै नै आभारी छु। हुन त चुनावी मैदानमा उत्रिए पछि कि जितिन्छ कि हारिन्छ । जुन कुरा स्वभाविक पनि हो। तर पनि केही गर्नको निम्ति कुनै पदमा बसेर जस्तो सम्भव बाहिर बसेर नहुने रहेछ। जसले मलाई यो मैदानमा होमिन बाध्य बनाएको हो।हुन त याे सुर र असुर बीचको लड़ाई हो । कलियुगमा धरै जसो असुरको विजय हुन्छ। यो चुनावमा मैले भोटले नजिते पनि व्यास नगरबासीको मन जितेको छु। जसलाई डर, धम्की , पेट्रोल, मासुभात, रक्सी र पैसाले किन्न सक्दैन। झिनो मतान्तरले( झन्डै ६०० मत बदर हुँदा २५२ मत मेरो कम )एउटा स्वतन्त्र उम्मेदवारले चुनाव हार्नु भनेको जित्नु बराबर हो। किनभने दलीय व्यवस्थामा कुनै पार्टी र यसको छत्रछायामा नरही मतदान गर्न सक्ने युवाहरुको जमात हुनु भनेकै परिवर्तनको चाहना अहिलेको पुस्तामा छ भन्ने कुराको संकेत हो।
मैले किन र कसरी चुनाव हारेँ भन्ने कुराहरुको समिक्षा गर्दै गर्दा निम्न कारण हरू भेट्टाएँ।
१. निर्दोष जनताको भोट पैसाले किन्न नखोज्नु र पैसा बाँड्ने नसक्नु ,
२. जनताको भोकको मजाक बनाएर कुनै एक दिनको लागि मासु भातको लोभ बाड्न नसक्नु,
३. मदिराजन्य पदार्थको निम्ती खर्च गर्न नसक्नु,
४. गलत प्रचारप्रार र भ्रम फैलाउन नसक्नु,
५. सरकारी सम्पती दुरुपयोग गर्न नसक्नु,
६. धम्काउन र मारपीट गर्न नस्कनु
७. पेट्रोल बाँड्न नसक्नु,
८. सुरा, सुन्दरी र सम्पति प्रती आशक्ति नहुनु,
९.अन्य थुप्रै।
यो कली युग हो। यहाँ राम्रा मान्छे धेरै समय सम्म टिक्न सक्दैनन्। यो अस्थिर समाज असल व्यक्ति सुहाउँदो छैन।तर पनि यो समाज र राज्यलाई गति दिन असल व्यक्तिको आवश्यकता छ। कहिलकाहीँ त लाग्छ म जस्तो व्यक्ति यो समाजका लागि बनेकै होइन। किनकी यो समाज इमानदारीता मैत्री छैन।र पनि मलाई आफ्नो इमान्दारिता प्रति खेद छैन र हुँदैन पनि।
बिकृति र विसंगतिले भित्र भित्र फाटेको समाजमा नफाट्नको लागि ब्राण्डको ट्याग भएकै जुत्ता लगाउनुपर्छ। चाहे त्यो बलियो होस् या कमशल। यहाँ उचाल्ने र पछार्नेको भिड छ ।जहाँ सोझो तरिकाले काम गर्छु भन्नेलाई खुट्टा तानेर लडाइँन्छ। मलाई थाहा छ ,म सँगै लड्नेहरुका लागि यो समय निकै कठिन बनेको छ। तर पनि नातिनोस् हामी एउटा कठीन यात्रामा जरुर छौँ तर यात्रा सक्किएको छैन। यतिबेला हामी सबै मिलेर शून्यलाई अँगाल्नु पर्नेछ। हामी फेरि उठ्नेछौं शुन्य बाट। यो अशान्त समाजको अस्थिर व्यवस्थासँगको लडाइँले हामीलाई थकाउन सक्दैन र सक्नु हुँदैन पनि। म सदैव तपाईंको साथमा छु।र रहिरहने छु।
सादा जीवन, उच्च विचार र स्वाभाविक कर्तव्य एवं व्यवहारप्रतिको मेरो निष्ठा ज्युँ का त्यूँ छ । म भित्रको व्यास नगरबासी प्रतीको श्रद्धा र विश्वास अझै गुमेको छैन। अझै थपिएको छ। भन्न त यो देश सतिले सरापेको देश हो । यहाँ जसले राम्रो गर्छ, राम्रो सोच्छ, त्यसको कहिल्यै भलो हुँदैन, भनिन्छ तर यसको अर्थ यो पनि होइन कि असल कर्म गर्न नै छोडिदिऊँ । जिन्दगी एउटा यात्रा हो । यो यात्रा परिवर्तनकामी हरुको लागि सहज छैन भन्ने थाहा छ। तर पनि हामी सँगै हिँड्ने छौँ हात काँध मिलाएर।
यो चुनाबमा जित्नु , हार्नु मेरो लागि ठूलो कुरा होइन। जुन जीवनशैलीमा म जीबन जिउँछु त्यसमा मलाई जितले खुसि र हारले दुखी बनाउँदैन। किनभने म आशक्ति बाट टाढा छु। तर पनि जितको एउटा गुन्जायसले मात्रै पनि एउटा परिवर्तनका लागी केही गर्छु भन्ने एउटा मौका केही समयका लागि पर सारेको छ। केही छैन तपाईंको यो माया र विश्वासको अनादर गर्ने छैन। म व्यास नगर पालिका प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु। व्यास नगर बासीले गर्नुभएको मायाको सदैव ऋणि छु। जसलाई जीवनको अन्तिम समय सम्म चुकाउने भरमग्दुर प्रयास गर्नेछु। मलाई व्यास वासीको अनुहारमा हाँसो देख्नु छ। अझ त्यो हाँसको कारण बन्नु छ।
अन्तमा फेरिपनि सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु।
म हारेर जित्ने यूद्ध लड्दैछु
नचाहेरै बनि क्रुद्ध लड्दैछु
नगर भो तिमी निसाफका कुरा
किनकी म आफ्नै बिरुद्ध लड्दैछु।।
उही तपाईहरुको,
दीपक राज जोशी
व्यास नगरपालिका तनहुँ।