म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी वर्षको बजेट निर्माणका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आ.व. ०७९/८० को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव माग गरेको हो ।
गाउँपालिकाले असार ६ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गर्दैछ । गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा गाउँपालिकावासीको अपनत्व कायम गराउन सुझाव माग गरिएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।