बन्दीपुर । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजना, तनहुँको समन्वय र कानून तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोगमा बन्दीपुरमा पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उदघाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सञ्चारकर्मी निष्पक्ष र विश्वासिलो बन्न सक्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका अधिकृत माधव पौडेलले पत्रकारको क्षमता अभिवृद्धिका लागि महासङ्घको सहकार्यमा तालिम आयोजना गरिएको बताए ।
पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आयोजित तालिममा गण्डकी प्रदेशकी उपाध्यक्ष सोनी शर्मा, तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ओमकार आचार्य लगायतले ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि तालिम सहयोगी हुने बताए।
तालिममा वरिष्ठ पत्रकार मोहन मैनालीले सहजीकरण गर्नेछन् ।