शुक्लागण्डकीको कार्यपालिका सदस्यमा एमालेका आठ जना निर्वाचित, कार्यपालिका र नगरसभामा बहुमत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको कार्यपालिका सदस्यमा एमालेका आठ जना निर्वाचित, कार्यपालिका र नगरसभामा बहुमत

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७९, बिहीबार

    दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि बिहीबार भएको मतदानबाट एमालेका आठ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

    दलित/अल्पसंख्यकबाट खिम कुमाल, विमल जिसी र सन्तोष विक निर्वाचित भएका छन् ।

    निर्वाचित महिला सदस्यमध्येबाट शारदा लम्साल, डोलमाया गुरुङ, सीतादेवी तिमिल्सना, रितु नेपाली, सुनिता सुनार विक निर्वाचित भएका छन् । एमालेका सबै उम्मेदवारले ३५/३५ मत प्राप्त गरेका छन् ।

    कार्यपालिकाले पूर्णता पाएसँगै नगरकार्यपालिका र नगरसभामा पनि एमालेको बहुमत पुगेको छ। नगर प्रमुख र उपप्रमुखमा एमालेले हार बेहोरेको थियो ।