डिजी लिंक नवाै वर्षमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिजी लिंक नवाै वर्षमा

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०७९, आईतवार

    दुलेगौँडा । तनँहुको शुक्लागण्डकी नगरपालिकको दुलेगौँडा बजारमा मुख्य कार्यलय रहेको डिजी लिंक नेटर्वक नवौँ बर्षमा प्रवेश गरेको छ । इन्टरनेट सेवा प्रदान गदै आईरहेको डिजी लिंक आइतबारदेखी नवौँ बर्षमा प्रवेश गरेको हो ।

    २०७१ साल देखि इन्टरनेट सेवा प्रदान गदै आईरहेको डिजी लिंकले गत बर्ष मात्रै नेपाल दुर सञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको हो । त्यस अघि कम्पनिले अन्य इन्टरनेट सेवा प्रदायकाको फ्रेनचाईजको रुपमा शुक्लागण्डकी नगरपालिका भित्र इन्टरनेट सेवा प्रदान गर्दै आईरहेको थियो ।

    इन्टरनेट सेवा प्रदायकको अनुमति पाएसँगै डिजी लिंकले सेवा विस्तार गरि शुक्लागण्डकीसँगै भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्यादे गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकामा समेत सेवा दिदै आईरहेको सञ्चालन निर्देशक मदन केसीले बताए ।

    उनका अनुसार अब सेवा विस्तार गर्दै तनहुँको व्यास नगरपालिकासँगै स्याङजाको हरिनास र विरुवा गाउँपालिका, पाल्पाको रामपुर नगरपालिकामा पनि सेवा दिइनेछ । डिजी लिंक नेटर्वक यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदायक रहेको कम्पनिका प्रबन्ध निर्देशक विवेक वाग्लेको दाबी छ । विश्वमा रहेका नविनतम प्रविधि प्रयोग गरि आफ्ना ग्राहकलाई उचित मुल्यमा उत्कृष्ट इन्टरनेट सेवा दिन आफुहरु प्रतिबद्ध रहेका कम्पनिका अध्यक्ष विपिन वाग्ले बताउँछन्् ।