दमौली । लायन्स क्लव अफ तनहुँ व्यास सिटीको अध्यक्षमा अन्जु दाहाल चयन भएकी छन् । क्लवको अधिवेशनले दाहालको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।
क्लवको प्रथम उपाध्यक्षमा शुकनारायण मल्ल, द्वितीय उपाध्यक्षमा एकप्रसाद श्रेष्ठ र तृतीय उपाध्यक्षमा प्रकाश हड्खले चयन भएका छन् ।
सचिवमा दिनेश खनाल, कोषाध्यक्षमा विमला अधिकारी, सहसचिवमा विवेक सापकोटा, सहकोषाध्यक्षमा ब्रजेश शाह, एलसिआएफ कोर्डिनेटरमा प्रदीप मल्ल चयन भएको क्लवले जनाएको छ ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ का टिम लिडर चुडामणि दाहाल, राजकुमार श्रेष्ठ, कुमार मल्ल लगायतको सहभागिता थियो ।