हैसियत र क्षमता हेरेर मात्रै सिट बॉडफॉट : पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हैसियत र क्षमता हेरेर मात्रै सिट बॉडफॉट : पौडेल

    खबरपुञ्ज संवाददाता

    ११ असार २०७९, आईतवार

    काठमाडौं । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघ र प्रदेशको निर्वाचनमा हैसियत र क्षमता हेरेर मात्रै सिट बाँडफाँट गरिने बताएका छन्।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, ‘पार्टीहरुको महत्व आ–आफ्नो ठाउँमा छ । कहाँ कस्को सम्भावना छ त्यहि हेरेर चुनावमा भागबण्डा हुनुपर्छ । आ–आफ्नो हैसियत र क्षमता हेरेर दाबी गरेर र चुनावमा जित्नुपर्छ । गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रले ६० सिट, नेकपा एसले ४० सिट मागेको प्रसंगमा वरिष्ठ नेता पौडेलले सबै सिट बाँडेर कांग्रेस वनबास जाने भन्दै प्रश्न समेत गरेका छन्।

    देशभरको आँकल गरेर कहाँ कस्को जित्ने सम्भावना छ, हैसियत र क्षमता कस्तो छ भन्ने हेरेर, बुझेर मात्रै आगामी चुनावमा सिट बाँडफाँट र उम्मेदवार तय गर्नुपर्ने उनले दोहोर्‍याए ।

    वरिष्ठ नेता पौडेलले स्थानीय निर्वाचनको समिक्षा गर्दै कमिकमजोरीलाई ध्यानमा राखेर अबको निर्वाचनलाई थप व्यवस्थित बनाएर जानेतर्फ पनि जोड दिए ।

    ‘गएको निर्वाचनमा गठबन्धन व्यवस्थित भएको भए एक/डेढ सय सिट अरु बढ्ने थिए । अबको चुनावमा गठबन्धन व्यवस्थित भयो भने दुई तिहाइ बहुमत अवश्य आउछ, ’ उनले भने ।

    यस्तै वरिष्ठ नेता पौडेलले समाजवादीभित्रैका विभिन्न समस्या, बजेटमाथिको छलफललगायतका कारण मन्त्रीमा सिफारिस नामलाई सपथ गराउन केहि ढिलाइ भएको स्पष्ट पारे ।