ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ का कृषक, कृषि समूह र कृषि सहकारीलाई अनुदानमा उपकरण प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम बमोजिम ७० प्रतिशत अनुदानमा उपकरण प्रदान गरेको हो ।
गाउँपालिकाले हाते ट्याक्टर, तौल नाप्ने यन्त्र लगायतका उपकरण प्रदान गरेको वडाध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषिमा व्यावसायीकरणका लागि कृषि उपकरण प्रदान गरिएको जानकारी दिए ।