वन पैदावर उद्योग व्यवसायी संघमार्फत् मजदुरलाई राहत प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वन पैदावर उद्योग व्यवसायी संघमार्फत् मजदुरलाई राहत प्रदान

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७९, बुधबार

    दमाैली । नेपाल वन पैदावर उद्योग व्यवसायी संघ तनहुँले ऋषिङ गाउँपालिका–१ का अगनसिं थापालाई राहत रकम प्रदान गरेको छ । मनकामना फर्निचरमा काम गर्दा बन्चरोले हात काटिएका थापालाई संघले बुधबार राहत रकम प्रदान गरेको हो ।

    संघका अध्यक्ष सूर्यबहादुर तामाङ, सचिव देव रसाइली लगायतले ४० हजार ७ सय ४१ को चेक थापालाई हस्तान्तरण गरेका छन् । संघमा आबद्ध व्यवसायीको फर्निचर उद्योगमा काम गर्दैको अवस्थामा हात काटिएपछि बीमामार्फत् प्राप्त भएको रकम सहयोग गरिएको अध्यक्ष तामाङले जानकारी दिए । मजदुरको पीडाको बेला घाउमा मलम लगाउन थोरै भएपनि राहत रकम प्रदान गरिएको उनले बताए ।

    संघले वन क्षेत्रमा काम गर्ने मजदुरको जोखिम बहनका लागि बीमा गर्ने गरेको र केही भएको खण्डमा बीमामार्फत् राहत प्रदान गर्ने गरिएको संघका सचिव देव रसाइलीले जानकारी दिए ।