शुक्लागण्डकीले दियो नियम विपरित ३४ लाख राजश्व छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीले दियो नियम विपरित ३४ लाख राजश्व छुट

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७९, बिहीबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नियम विपरित रु ३४ लाख ८३ हजार राजश्व छुट दिएको महालेखा परिक्षकको कार्यालयले औलाएको छ । आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले कबोल गरेको आय ठेक्कामा रु ३४ लाख ८३ हजार छुट दिएको हो ।

    महालेखा परीक्षकको कार्यालयले उक्त कार्यलाई औचित्पूर्ण नदेखिएको उल्लेख गरेको छ । आय ठेक्काको रकममध्येको ५० प्रतिशत प्राप्त गरेको र बाँकी र एक करोड ६० लाख ८७ हजारमध्येबाट रु ३४ लाख ८३ हजार छुट दिएको भेटिएको छ ।

    सार्वजनिक खरिद नियमावली, २०७६ को नियम १४२ (६) र सम्झौताको दफा ५ मा खरिद सम्झौता तोडेको अवस्थामा राजश्व परामर्श समितिको परामर्शमा बाहेक अन्य परिस्थितिमा मिनाहा एवं छुट दिन नसक्ने उल्लेख छ ।