बन्दीपुर । बन्दीपुर गाउँपालिका-६ स्थित धरमपानीमा सडक कालोपत्रे सुरु भएको छ । लामो समयदेखि रोकिएको उक्त मोटरमार्गमा नयॉ जनप्रतिनिधि आएपछि कालोपत्रे सुरु भएको हो ।
ठेकेदारको लापरवाहीका कारण रोकिएको कालोपत्रेको काम गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाको पहलमा पुन: सुचारु भएको छ ।
ठेकेदारलाई पटक-पटक सम्पर्क गरी काम सुचारु गराउन थापाले पहल गरेका थिए । ‘धेरै पहिलादेखि काम रोकिएको थियो, हामी निर्वाचित भएर आएदेखि नै काम सुरु गराउन ठेकेदारलाई दबाब दिएपछि काम सुरु भएको छ, आज हामी फिल्डमै गएर अनुगमन गरेका छौ,’ उनले भने ।