चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचविखनमा संलग्न रहेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको पोखरीभन्ज्याङकी ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका-१ स्थित कल्पना होटल एण्ड गेष्ट हाउसमा २२ वर्षीया एक युवतीलाई ललाई फकाई अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसार पसारको कार्य गरेको हुनाले निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।