काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो ।
शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गरेकी हुन् ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले उनले पदबाट राजीनामा दिएका थिए ।
करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धी विषयको अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष सावित गरेपछि उनी पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।