तनहुँ प्रशासन कार्यसम्पादनमा उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रशासन कार्यसम्पादनमा उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँ कार्यसम्पादनमा उत्कृष्ट घोषित भएको छ । गृहमन्त्रालयको कार्यसम्पादन मूल्याङ्कलनमा ९० प्रतिशत अङ्क प्राप्त गरी तनहुँ प्रशासन उत्कृष्ट घोषित भएको हो ।

    मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग गरेको कार्यसम्पादन सम्झौताका आधारमा तनहुँ प्रशासन उत्कृष्ट घोषित हुन सफल भएको हो । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवाप्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासन लगायत ६८ सूचकमा मूल्याङ्कन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    गृहमन्त्रालयको मूल्याङ्कनमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी गुल्मी पहिलो भएको छ । यस्तै अर्घाखाँची ९७ प्रतिशतसहित दोस्रो र नवलपुर ९६.७५ प्रतिशत सहित तेस्रो भएको मन्त्रालयले जनाएको छ ।