वेदव्यास आश्रमलाई उद्यमशीलकाे ११ हजार एक सय पाँच सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    वेदव्यास आश्रमलाई उद्यमशीलकाे ११ हजार एक सय पाँच सहयाेग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास २ दमौलीस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था व्यास-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई ११ हजार एक सय पाँच सहयाेग गरेकाे छ ।

    सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्तरगत सहकारी संस्थाको तर्फबाट पाँच हजार पाँच सय पचपन्न र सञ्चालक समिति र कर्मचारी मध्येबाट पाँच हजार पाँच सय गरी उक्त रकम सहयाेग गरिएकाे हाे ।

    सामाजिक उत्तर दायित्व बहन गर्ने उद्धेश्यले सहकारी संस्थाको नियमित कार्यक्रम अन्तरगत वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ विकल्पले जानकारी दिए । व्यास नगरक्षेत्रमा उत्कृष्ट सहकारी बनाउने सोंचले स्थापना गरिएको सहकारीको उद्धेश्य नै सहकार्यका साथ समाज परिवर्तन रहेको उनले बताए ।

    ‘वेवारिसे अवस्थाका आमाहरुलाई पुण्यकाे काम महिलाहरुले गर्दै आउनुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले गरेको कार्यबाट कसैको भोक मेटिन्छ भने किन सहयोग नगर्ने भनेर हामीहरुले सहयोग गरेका हौं ।’ सहकार्यको भावना व्यवहारमा नै नभएसम्म वास्तविक सहकारी हुन नसक्ने उनले बताए ।

    महिला दिदीबहिनीहरुको महत्वपूर्ण योगदानका कारण आश्रममा अधिकांश मानिसहरुबाट सहयोग बढ्दै गएको व्यास नगरपालिका वडा नम्बर ३ की सदस्य विनु श्रेष्ठले बताइन् । आफन्तविहिन आमाहरुलाई आश्रय दिने कार्य आश्रमले गरेकोले आश्रम संचालक महिलाहरुको जति प्रशंसा गरेपनि कम हुने सहकारीका सचिव पूर्ण विकेले बताए ।

    यस अघि आश्रम सञ्चालक महिलाहरु आबद्ध दमौलीस्थित मादिसेती महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आश्रमलाई आर्थिक सहयोग गरेपनि सामाजिक भावनाबाट प्रेरित भई उक्त आश्रमलाई आर्थिक सहयोग गर्ने अन्य सहकारी मध्ये उद्यमशील सहकारी नै पहिलो भएको आश्रम संचालक समितिकी सचिव निर्मला मल्लले बताइन् ।

    सबैक्षेत्रबाट आफूहरुलाई सकारात्मक साथ र हौसला मिलेकोले आफूहरुले वेवारिसे अवस्थाका वृद्धा आमाहरुलाई आश्रममा राख्न सकेको उनले जानकारी दिइन् । ‘हामी आवद्ध सहकारीले त पहिला आश्रमलाई सहयोग गरेकै हो,’ सचिव मल्लले भनिन्, ‘तर अन्य सदस्य आवद्ध सहकारीबाट प्राप्त यो रकम भने पहिलो हो । त्यसको लागि उद्यमशील सहकारी परिवारलाई धन्यवाद व्यक्त गर्दछौं ।’

    कोही पनि परिवारबाट विस्थापित भई सडकमा आउनु हुँदैन भन्ने भावनाले आफूहरुले संचालन गरेको आश्रममा अधिकांशले सहयोग गर्नुपर्छ भन्ने भावना राख्दै जानु सकारात्मक भएको आश्रमकी कोषाध्यक्ष अरुणा श्रेष्ठले बताइन् ।

    ज्येष्ठ नागरिकलाई घरपरिवारमा नै राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आवश्यक ठानेको आश्रमकी अध्यक्ष सकुन्तला आलेले बताइन् । आश्रममा घरपरिवार विहिन आमाहरुले आश्रय लिदैं आएकोले उनीहरुको परिवारका सदस्यहरु नै आफूहरु भएको उनले बताइन् ।

    २०७० सालमा स्थापना भएको आश्रममा हाल जिल्लाका ६ जना आमा बस्दै आएका छन् ।