विश्वकपको मिति एकदिन अगाडी सर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकपको मिति एकदिन अगाडी सर्यो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । कतारमा आयोजना हुने फिफा विश्वकपको उद्घाटन खेल एकदिन अगाडि सरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उद्घाटन खेल एकदिन अगाडि सार्न काउन्सिल ब्युरोले सर्वसम्मतले निर्णय गरेको जनाएको हो ।

    विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल २० नोभेम्बरमा अल बायत स्टेडियममा हुनेछ । यसअघि ​कतार विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा हुने तालिका थियो । 

    विश्वकपको फाइनल १८ डिसेम्बरमा हुनेछ । यस्तै, इंग्ल्याण्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने 
    २१ नोभेम्बरमै हुनेछ ।