कांग्रेस केन्द्रीय सदस्य भट्टराईद्वारा उम्मेद्वार बन्ने घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस केन्द्रीय सदस्य भट्टराईद्वारा उम्मेद्वार बन्ने घोषणा

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७९, शनिबार

    दमौली ।नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफूले टिकट पाउनु पर्ने दाबी गरेका छन्।

    व्यास नगरपालिका–११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा तिजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो दावी गरेका हुन् ।

    पाकाहरुले समानुपातिकमा बसेर अवसर नपाएका र योग्यहरुलाई उम्मेदवार बनाउनुपर्ने उनले बताए । हालै सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण गर्दा देशैभरीको मतदाताको चाहना नयाँ उम्मेदवारलाई जिताउँ भन्ने भएको र सो चाहाना अनुसार आफू योग्य भएको उनको भनाई रहेको थियो ।

    राजनीतिमै लागेको ४४ वर्ष भईसक्दा पनि एकचोटी पनि संसदीय निर्वाचन लड्ने अवसर आज सम्ममा नपाएकोले यसपटक आफूले पाउनु पर्ने भट्टराईको जिकिर थियो ।

    नागरिकता विधेयक नेपालकै संविधानको भावाना अनुसार आएको र गत एमाले नेतृत्वको सरकारमा राष्ट्रपति जारी अध्यादेश भन्दा फरक विषयहरु कुनै पनि नआएको उनको जिकिर थिये । नागरिकता जस्तो विषयमा एकदमै संवेदनशिल ढंगले सोच विचार गरी सबै नेपालीहरुलाई नागरिकता दिने व्यवस्था मिलाईदिन पर्नेमा यसलाई केवल राजनीतिक स्वार्थसिद्धीको माध्यम खोजिएको केन्द्रीय सदस्य भट्टराईले बताए । सबै नेपालीले नागरिकता पाउनु पर्ने भएकाले विद्ययक आवश्यक रहेको उनको भनाई थियो।

    महिला संघ वडा कार्य समितिको सभापति इन्दिरा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाल महिला संघकी अध्यक्ष पवित्रा पौडेल लगायतले बोलेका थिए ।