दमौली । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ-१ मा उम्मेदवारी दिने भएका छन् । घर्तीले तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका हुन्।
अहिले पार्टीका साथीहरु र शुभचिन्तकसँग छलफलमै रहेको बताउँदै उनले केही समयपछि औपचारिक रुपमै घोषणा गर्ने बताए ।