गोविन्दराज जोशी समूहले चुनावी अभियान सुरु गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोविन्दराज जोशी समूहले चुनावी अभियान सुरु गर्ने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । मंसीर ४ गतेको संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समूहले चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियानको पूर्वमन्त्री जोशीले शुरुवात गर्नेछन् ।

    अभियानको सुरुवातका लागि जाेशी बिहीबार दमाैली आइपुगेका छन् । समूहले शुक्रबार दमौलीमा भेलाको आयोजना गरेको छ । सोही भेलाले चुनावी अभियान सुरु गर्ने बताइएकाे छ ।

    नेता जोशी समूहकाे सचिवालयले चुनावी अभियानको कार्यक्रम तालिका समेत तय गरिसकेको छ । जसअनुसार भदौ १७ गते दमौली, १८ गते मानेचौका, १९ गते डुम्रे बजारमा नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ । भदौ २० गते विपी विचार समाज जिल्ला कार्य समिति तनहुँको वैठकमा सहभागी हुने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

    मंसिर ४ गते तोकिएको संघ तथा प्रदेश निर्वाचनको तयारीको सम्बन्धमा कार्यकर्तासँग राय, सुझाव तथा परामर्शको लागि तनहुँ क्षेत्र नम्बर १ को तीन ठाउँलाई भेटघाट गर्ने कार्यक्रम तय गरिएको जोशीको सचिवालयले जनाएको छ ।

    नेपाली काँग्रेस पार्टीको वर्तमान नेतृत्वले तय गरेको निर्वाचन सम्बन्धि चिन्तन, गठबन्धन र कार्यशैली प्रति असतुष्टि जनाउँदै आएका जाेशी तनहुँ १ बाट उठ्ने तयारीमा छन् ।