पराशरमा अभिभावकसँग अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशरमा अभिभावकसँग अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७९, शनिबार

    दमौली । व्यास-५ स्थित पराशर माध्यमिक विद्यालयमा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका विद्यार्थी तथा शिक्षकबीच छलफल तथा अन्तरक्रिया गरिएको हो ।

    सो अवसरमा सम्पूर्ण विषय शिक्षकले आ-आफ्ना विषयसँग सम्वन्धित समस्याहरु र गर्नुपर्ने कार्यबारे प्रष्ट पारेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा समग्र कक्षा १०को विद्यार्थीको अवस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकले गर्नुपर्ने कार्यबारे प्रधानाध्यक रामदत्त पौडेलले जानकारी गराएका थिए ।

    विद्यालयका अध्यक्ष उषा क्षेत्रीले विद्यार्थीको वास्तविक स्थिति थाहा पाएर आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताइन् ।

    यसैबीच विद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कूल ४ वटा समूह सहभागी भएको उक्त प्रतियोगितामा अस्मिता श्रेष्ठको समूह (निलो सदन) प्रथम र मनिषा थापाको समूह (हरियो सदन) द्वितीय भएको थियो ।

    अतिरिक्त विभागको आयोजनामा संचालन भएको सो कार्यक्रममा विभिन्न विषयगत, समसामयिक, खेलकुद अडियो, भिडियो तथा विविध विषयसँग सम्वन्धित ५२ वटा प्रश्नहरु सोधिएका थिए ।