आदिकविमा उम्मेदवारी दर्ता भदौ २० गते, मतदान २२ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविमा उम्मेदवारी दर्ता भदौ २० गते, मतदान २२ गते

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७९, आईतवार

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको नयॉ नेतृत्व चयनका लागि कार्यतालिका प्रकाशित गरिएको छ । निर्वाचन प्रबन्ध समितिले नेतृत्व चयनका लागि कार्यतालिका प्रकाशित गरेको छ ।

    जसअनुसार भदौ २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २० गते नै मतदाताको नामावली प्रकाशन, दावी विरोध, अन्तिम नामावली प्रकाशन हुने प्रबन्ध समिति संयोजक त्रैलोक्य वाग्लेले जानकारी दिए ।

    २० गते नै गते उम्मेदवार उपर दावी विरोध, २१ गते उम्मेदवार उपरको दावी विरोध छानबिन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिनेछ । २२ गते मतदानको कार्यक्रम छ ।

    क्याम्पस सञ्चालक समितिको अध्यक्ष सदस्यमा निर्वाचित भएकामध्येबाट हुने प्रावधान छ ।