दमौली । नेकपा एमाले तनहुँले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सिफारिस गरेका नामलाई नै जिल्ला कमिटीले सिफारिस गरेको हो ।
तनहुँ-१ का लागि एकबहादुर राना सिफारिस भएका छन् । तनहुँ-२ का लागि किरण गुरुङ, केदार सिग्देल र विष्णु अधिकारी सिफारिस भएका छन् ।
त्यस्तै चार वटै प्रदेश निर्वाचन क्षेत्रका लागि पनि उम्मेदवार सिफारिस गरिएको एमाले तनहुँका जिल्ला सदस्य आरके पोखरेलले जानकारी दिए ।