गठबन्धनमा सहमति भए पूर्वमन्त्री किसान बाराबाट चुनाव लड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गठबन्धनमा सहमति भए पूर्वमन्त्री किसान बाराबाट चुनाव लड्ने

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७९, मंगलवार

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रुपमा बारा-४ बाट चुनाव लड्ने बताएका छन् ।

    सिमरामा मंगलवार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरुसँग कुरा गर्दै उनले आफू आवश्यकता अनुसार बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफु आवश्यकता अनुसार बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको बताए।

    ‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरुले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’, नेता श्रेष्ठले भने। यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले पाउने समझदारी भएपनि सत्ता गठबन्धनबीच सहमति भए आफु तनहुँ क्षेत्र नम्बर १ छोडेर बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको उनकाे भनाइ छ ।

    बारामा वर्षाैदेखि उद्योग-व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठलाई गठबन्धन दलका नेता-कार्यकर्ता र स्थानीय जनताले पनि बारा-४ मा आउन आग्रह गरेका छन् । विकासप्रेमी श्रेष्ठ बारा आए आफ्नो क्षेत्रको विकासमा योगदान पुग्ने उनीहरुकाे विश्वास छ । २०७४ सालमा भएको निर्वाचनमा श्रेष्ठले तनहुँ–१ बाट ३४ हजार ४ सय ९२ मत ल्याई विजयी भएका थिए भने कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए ।