आदिकविमा नेकपा एस निकट अखिलको प्रारम्भिक कमिटी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविमा नेकपा एस निकट अखिलको प्रारम्भिक कमिटी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटी गठन भएको छ।

    क्याम्पसमा शुक्रबार आयोजित भेलाले राहुल नेपालीको अध्यक्षतामा २१ सदस्यीय अखिल प्रारम्भिक कमिटी गठन गरेको हो। प्रारम्भिक कमिटी गठन कार्यक्रममा अखिल केन्द्रीय स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले विद्यार्थी आन्दोलनको हिमायती, संविधान र गणतन्त्रको पहरेदार वैज्ञानिक र जनमुखी शिक्षा प्रणालीको नेता संगठन अनेरास्ववियुमा आबद्ध हुन आव्हान गरे ।

    कार्यक्रममा अखिल जिल्ला अध्यक्ष सुसान पौडेल, कास्की अध्यक्ष बज्रराज अधिकारी, तनहु जिल्ला सचिव समिता विक लगायतले सम्बोधन गरेका थिए।