दुलेगौडा । शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको इन्टरनेट सेवा प्रदायक डि.जि लिंक नेटवर्कले आफ्नो दशै तिहार लक्षित योजना सार्वजनिक गरेको छ। यस क्षेत्रकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक डि.जि लिंक नेटवर्कले आज उक्त योजना सार्वजनिक गरेको हो।
उक्त योजना अन्तर्गत कम्पनीका पुराना प्रयोगकर्ताले एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्दा १४ महिनासम्म इन्टरनेट चलाउन पाउनेछन्। यसअघि एक वर्षको भुक्तानी गर्दा ८ प्रतिशतले छुट दिँदै आएको डि.जि लिंक नेटवर्कले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताको लागि १४ महिनाको ईन्टरनेट दिन लागेको हो।
कम्पनीले १०० एमबीपीएसको इन्टरनेट सम्पूर्ण करसहित हजार रुपैयाँमा र २०० एमबीपीएसको ईन्टरनेट सम्पूर्ण करसहित एक हजार तीन सय पचास रुपैयाँमा उपलब्ध गराउँदै आएको छ।कम्पनीले शुक्लागण्डकी नगरपालीका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका भित्र र म्याग्दे गाउँपालिका, पोखरा महानगरपालिकाको केही क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।