दमौली । व्यास नगरपालिका-२ दमौली टोलमा नारी फेसन बुटिक हब सञ्चालनमा आएको छ । विश्वकर्मा पूजाको अवसरमा पारेर बुटिक हब सञ्चालनमा आएको हो । महिला उद्यमी सपना मल्लले बुटिक हब सञ्चालनमा ल्याएकी हुन् ।
बुटिक हबको शनिबार उद्धाटन गर्दै महिला उद्यमी सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले व्यवसायमा धैर्यता र लगनशीलता आवश्यक रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।
बुटिक समयको माग भएकाले सबै वर्गका महिलालाई सेवा दिन सक्नुपर्ने उनको भनाई थियो। ‘नारी नामले नै यसको महत्व बढाएको छ, व्यवसायमा अनुशासन भएर लागे सफलता मिल्छ,’ उनले भनिन् ।
पहिरन पारखीहरुका लागि बुटिक हब रोजाईको बुटिक बन्न सक्ने सञ्चालिका मल्लले जानकारी दिइन् । ‘ ग्राहकको रोजाइअनुसार र उनीहरुको शारीरिक बनोटसँग मिल्ने गरी पहिरनको डिजाइन गर्छौ’ उनले भनिन् ।
कार्यक्रममा व्यास-२ का वडा सदस्य सुरेश वाग्ले, क्षेत्री समाज महिला अध्यक्ष मन्जु थापा, इनरह्लिल क्लवकी अध्यक्ष शर्मिला श्रेष्ठ, महासचिव सरु श्रेष्ठ, वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी कोषाध्यक्ष अरुणा श्रेष्ठ, सौन्दर्य व्यवसायी संघकी पूर्व अध्यक्ष आशा बानियॉ लगायतको सहभागिता थियो ।