दमौली । नेकपा माओवादी केन्द्र बन्दीपुर गाउँ कमिटीले पूर्णता पाएको छ । आइतबारको बैठकले गाउँ कमिटीलाई पूर्णता दिएको हो ।
गाउँ कमिटीको इन्चार्जमा पूर्णसिं थापा चयन भएका छन् । उनी बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
यस्तै कमिटीको अध्यक्षमा लोक बहादुर बानियाँ (शंकर), उपाध्यक्षमा ध्रुवप्रसाद लामिछाने, सुरेश लामिछाने र अरविन्द्र भट्टराई, सचिवमा सुदिप पोख्रेल, सहसचिवमा नारायण केसी, कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् ।