संविधान दिवसमा तनहुँ कारागारका ‍‍‍सात रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा तनहुँ कारागारका ‍‍‍सात रिहा

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७९, मंगलवार

    दमौली । संविधान दिवसको अवसरमा तनहुँ कारागारका सात कैदीबन्दी रिहा भएका छन् । राष्ट्रपतिको सिफारिसमा तनहुँ कारागारका सात कैदीबन्दी रिहा भएका हुन् ।

    पचास प्रतिशत कैद भुक्तान गरेका र आचरणमा सुधार आएका कैदीबन्दी रिहा भएको निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

    उनका अनुसार कर्तव्य ज्यानका दुई, सवारी ज्यानका दुई, ज्यान मार्ने उद्योगका दुई र बहुविवाहका एक जना रिहा भएका छन् ।

    कारागारमा हाल दुई सय ८२ कैदीबन्दी छन् ।