दमाैली । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित कृष्णकुमार श्रेष्ठले पाँच वर्षको अवधिमा पारिश्रमिक बापतको रु ३० लाख ९८ हजार सामाजिक सङ्घसंस्थालाई सहयोग गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पारिश्रमिक नलिने प्रतिबद्धता व्यक्त गर्नुभएका श्रेष्ठले प्रतिबद्धता बमोजिम नै पारिश्रमिक बापतको रकम सङ्घसंस्था, खानेपानी, विभिन्न रोगबाट पीडित भएका बिरामीलाई सहयोग गरेका हुन् ।
विसं २०७४ फागुनदेखि २०७९ भदौसम्म रु ३० लाख ९८ हजार पाँच सय ५५ विभिन्न सङ्घसंस्थालाई प्रदान गरेको श्रेष्ठले जानकारी दिए। “मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका श्रेष्ठले भने ।
व्यासस्थित वासपानी खानेपानीलाई रु ५० हजार, भानुस्थित दुधेकुना सत्यनारायण मन्दिरलाई रु ३० हजार, बन्दीपुरस्थित ग्याजाटार मन्दिरलाई रु ४४ हजार, भानुस्थित कालिका मन्दिरलाई रु ५० हजार, व्यासस्थित सुधेरीगैरा खानेपानीलाई रु ५० हजार, शिव मन्दिरलाई रु ५० हजार, नेपाल पत्रकार महासङ्घलाई रु एक लाख, भानुस्थित सिद्धबाबा युवा क्लवलाई रु ५० हजार, व्यासस्थित तमु ल्होसारलाई रु ५० हजार, झारलेङ्दी खानेपानीलाई रु ५० हजार सहयोग गरिएको छ ।
देवघाटस्थित भृकुटी माविलाई रु ४४ हजार, आँबुखैरेनीस्थित अनन्त सालोम चर्चलाई रु ५० हजार, भानुस्थित चन्द्रावती चर्चलाई रु २० हजार, तनहुँ जवान सङ्गतीलाई रु ५० हजार, इम्मानुएल चर्चलाई रु ५० हजार, भानुस्थित स्वतन्त्र आमा समूहलाई रु ५० हजार, बन्दीपुरस्थित मुकुन्देश्वरी आमा समूहलाई रु ५० हजार, भानुस्थित गन्धर्व समाजलाई रु ५० हजार, बन्दीपुरस्थित लक्ष्मीनारायण मन्दिरलाई रु ५० हजार सहयोग गरिएको छ ।
बन्दीपुरस्थित गोरखकाली युवा क्लवलाई रु ५५ हजार पाँच सय ५५, भानुस्थित चाम्बास युवा क्लवलाई रु २५ हजार, व्यासस्ति कुलुङ छाब्दी वाराह आमा समूहलाई रु ५० हजार, जनगायक जीवन शर्माको छोराको उपचारका लागि रु ५० हजार, जनजाति महोत्सवलाई रु ५० हजार, नेत्रहीन सङ्घ तनहुँलाई रु ५० हजार, देवघाट गाउँसुधार समितिलाई रु ५० हजार, घिरिङस्थित चन्द्रज्योति माविलाई रु ५० हजार, व्यासस्थित गोरेबहादुर खपाङ्गी कपलाई रु ५० हजार, भानुस्थित जनजागृती माविलाई रु ५० हजार, व्यासस्थित बलबहादुर दरैको उपचारका लागि रु १० हजार, दिलीप खनालको उपचारका लागि रु ५० हजार, मिलनशील आमा समूहलाई रु ५० हजार सहयोग गरिएको छ ।
भानुस्थित मिलनशील आमा समूहलाई रु ५० हजार, बन्दीपुरस्थित खड्गदेवी युवा क्लवलाई रु ५० हजार, व्यासस्थित फराकचौर आमा समूहलाई रु ५० हजार, व्यासस्थित पदम चेपाङको परिवारलाई रु एक लाख, केशरबहादुर थापाको उपचारका लागि रु ४५ हजार, मैतीमाया भुजेलको उपचारका लागि रु २५ हजार, भानुस्थित शितास्मा धौलारी परिवारका लागि रु ५० हजार, लक्ष्मी नेपालीलाई रु २० हजार, राधिका थापालाई रु २० हजार, राम थापाको उपचारका लागि रु ३० हजार, भानुस्थित नावरु ङ खानेपानीलाई रु ५० हजार, व्यासस्थित शेरा आमा समूहलाई रु ६२ हजार, भानुस्थित उल्यार आमा समूहलाई रु एक लाख, व्यासस्थित डाडाँगाउँ टोल विकासलाई रु ५० हजार सहयोग गरिएको छ ।
भानुस्थित कटहरे आमा समूहलाई रु ५० हजार, यातायात मजदुर सङ्गठनलाई रु ५० हजार, शेवर शितलगुफा खानेपानीलाई रु ५० हजार, हरिबहादुर आले उपचारका लागि रु १५ हजार, आँबुखैरेनीका पूर्णबहादुर गुरुङको उपचारका लागि रु २५ हजार, अनुप क्षेत्रीको उपचारका लागि रु १६ हजार, अब्दुल गफ्फारको उपचारका लागि रु १६ हजार, अमृत खत्रीको उपचारका लागि रु १५ हजार, सन्तोष रानाको उपचारका लागि रु १ हजार, भानुस्थित पण्डित थर आमा समूहलाई रु ५० हजार, देवघाटस्थित पिपलटार जलदेवी आमा समूहलाई रु ५० हजार, भानुस्थित मैवल चालिसे दोभान खानेपानीलाई रु एक लाख, सरस्वती सदन माविलाई रु ५० हजार, याङसिङ कालिका युवा क्लवलाई रु ३० हजार, वासपानी युवा क्लवलाई रु २५ हजार, कालिका युवा क्लवलाई रु ५० हजार, व्यासस्थित सिर्जनशील आमा समूहलाई रु ५० हजार, काजीबाबु अधिकारीको उपचारका लागि रु २५ हजार, अन्तर्राष्ट्रिय सिमरा कपका लागि रु ५० हजार, भानुस्थित घलेखाप युवा क्लवलाई रु २५ हजार र मसिनेटार आमा समूहलाई रु ५० हजार प्रदान गरिएको छ ।