आज भन्दा एक दशक अगाडी जीवन बीमा क्षेत्रमा प्रवेश गर्ने हरुले धरै राम्रो गर्नुभयो चाहे बीमाके हिसाबले होस या चाहे अभिकर्ताको हिसावले , हाम्रो समाजमा जीवन बीमाको बारेमा जस्तो खालको बुझाइ छ त्यो बुझाइलाइ अहिले आएर केहि नियाल्ने अवसर पाएको छु । समय परिवर्तनशिल छ हुनत आज भन्दा धेरै पहिलेका कुरा नगरौं जस्तो लाग्दै छ तै पनि आफ्नो पेशा सम्बन्धिको अनुभवलाइ सुनाइ हालौं कतै हजुर संग मिल्दो पो छ कि किन बाँकि राख्ने र ? कुनै दिनको समयमा मेरा निकै नै नजिकका मित्र यतिखेर उहाँ ब्यवसायि नै बन्नु भएको छ । त्यो दिन याद आइरहन्छ मलाइ उहाँले जीवन बीमाको बारेमा हरेक भेट, हरेक जस्तै दिन जानकारी गराउनु हुन्थ्यो र सल्लाह दिनु हुन्थ्यो तर बिस्तारै उहाँ संगको मेरो भेट पातलिदै पातलिदै गयो । उहाँप्रति मेरो सोंच यस्तो बन्दै गएको थियो उहाँका कुरा हरु प्रति कि उहाँले मलाइ १०० किलो वजन उठाउने सल्लाह दिंदै हुनुहुन्छ , अझ अचम्म त यो लाग्छ कि त्यस समय उहाँले मलाइ बीमा गर्नु भन्दा मेरो सर्वस्व माग्दै हुनुहुन्थ्यो । त्यति राम्रो सम्बन्ध हाम्रो पछिल्लो १० बर्ष सम्म खासै बोलचाल समेत पनि भएन । म त्यो बेला मुक्तिनाथ विकास बैंकको कर्मचारी थिए तर पनि बीमाको बारेमा र बीमा ले मानव जीवनमा हुने सहजताको ज्ञानको विषयमा सामान्य ज्ञान पनि लिन चाहिन ।
हामीलाई हाम्रा साथी हरुले आफन्त हरु या जो कोहि पनि बिमाका सल्लाहाकार अभिकर्ता ज्युहरुले बीमाको प्रस्ताव ल्याउंदा , जानकारी गराउन खोज्दा कति हल्का रुपमा लिने गरेका छौं सामान्य अध्ययन बिश्लेषण पनि नगरेकोमा आज आफुलाई धेरै पटक अचम्म लाग्छ । मेरो मात्रै होइन नेपालमा २÷४ प्रतिशत जनसंख्याको पनि त्यहि थियो बुझाइ बीमाको बिषयमा तर पछिल्लो ५ बर्ष यता नेपाल मा जीवन बीमा प्रतिको सोचाइले काचुली नै फेरेको छ , जीवन बीमा लाइ चासो दिने ब्यक्तित्व हरु र जीवन बीमा गर्ने ब्यक्तित्व हरुको को प्रतिशत बीमालेख गणनाको आधारमा कुल जनसंख्याको २४ प्रतिशत भन्दा बढी पुग्नु भनेको पक्कै पनि बीमा प्रतिको सकारात्मकता बढ्दै गएको मान्न सकिन्छ । जीवन बीमाको भित्री महत्व भने १०० जना बीमीत मा गरीएको अध्ययन बाट १० देखि १५ जना ले चाहिं निती नियम सेवा सुबिधा को बारेमा पुर्ण जानकार रहेको पाइयो भने बाँकि मा कसैले भनेर, कर गरेर, निरन्तर धाइलागेर, हैरान बनाएर र कसैको तार्गेट नपुगेर समेतका उत्तरहरु पाइए । मेरो अर्थ यो होइन कि तपाइले बुझ्दै नबुझि बीमा गर्नुभयो मैले प्रष्ट पार्न खोजेको बिषय भनेको बीमा गर्नु पुर्व तपाइले आफुले खरिद गर्न लाग्नुभएको बीमालेख भित्र सुबिधा हरु के के छन ? तपाइले कति रकमको बीमा गर्न सक्नु हुन्छ ? यो महत्वपुर्ण बिषय हो कि जीवन बीमा कतिको गर्न सक्ने हैसियत छ तपाईको त्यसको आधारमा बीमा खरिद गर्दा राम्रो ।
आफ्नो अमुल्य जीवनमा पर्न सक्ने आर्थिक जोखिम मा ब्यवस्थापनको लागी वित्तीय साथी जीवन बीमा कम्पनी हो र “ अहिलेको समयमा बीमा कम्पनी हरुले ब्यक्तिगत शरिर स्वास्थ्य सुबिधा लाइ बढि प्राथमिकता दिएका छन जस्तै घातक रोग उपचार खर्च , दुर्घटनाको कारण अस्पताल भर्ना सुबिधा , बिमांक बराबर एकमुष्ठ अशक्त अपांग भत्ता सुबिधा (बिरामी र दुर्घटना को कारण) , पुर्ण अशक्त भएपछि प्रिमीयम पनि तिनु नपर्ने समय अवधि समाप्ती पछि पनि बिमांक बोनस पनि पाइने ” बीमितलाई आफ्नो स्वास्थ्यमा समस्या परेपछि परीवारकै अभिभावकले जसरी आर्थिक स्याहार गरीरहेका छन बीमा कम्पनी हरुले । दाबी भुक्तनी सम्बन्धमा यतिखेर बीमा कम्पनीहरुको नियमक निकाय बीमा समीती ले दिएको निर्देशन अनुसार कागजपत्र पुरा भएको १६ दिनमै दिनुपर्ने र संकास्पद भएमा ३५ दिन भित्रमा नै निचोड निकाल्नु पर्ने छ । दाबी भुक्तानी शुन्य बनाउने बीमा कम्पनी हरु पनी छन नेपालमा आर्थिक बर्ष ०७७।०७८ मा ५ वटा कम्पनीले दाबी भुक्तानी शुन्य बनाएका थिए । कम्पनी संचालन पुंजी २ अर्ब माथि नै थियो भने सबै कम्पनी हरुले यस आ.व. मै ५ अर्ब पुर्याएर अझ बलियो बन्दै छन । तुलनात्मक रुपमा पहिलेको भन्दा बीमा कम्पनीहरु यतिखेर धेरै नै राम्रो बाटो चलिरहेको अवस्थामा हामीले जीवन बीमा गर्नैपर्ने कारणहरु बिभीन्न छन । सर्वप्रथम त आर्थिक सुरक्षको राम्रो स्थल हो जीवन बीमा , आजको समयमा हामीले जान्नै पर्ने बिषयपनि हो जीवन बीमा , “ जीवन रहुन्जेल पनि र जीवन नरहंदा पनी हामी र हाम्रो परीवारको आर्थिक साथी हो जीवन बीमा ” ।
लेखक रिलाबयल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीका दमाैली प्रबन्धक हुन्