दमौली । नेपाली कांग्रेसका महासमिति सदस्य पूर्ण गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत् साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले पार्टीमा चाकरी र नातावाद हावी भएको बताएका छन् । उनले भनेका छन्, ‘चाकरी चाप्लुसी फरियावाद नातावाद कृपावादहरुको विरासतकै कारण आजदेखि नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेतबाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु।’
गुरुङ सोमबार नै एमाले प्रवेशको तयारी गरेका छन् । उनी अहिले बालकोट पुगिसकेका छन् ।