दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि मंसिर २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते ५ बजेसम्म उजुरी उपर जॉचबुझ गरी निर्णय गर्ने र नामावली प्रकाशन गरिनेछ ।
असोज २६ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ ।