तनहुँमा एमाले उम्मेदवार टुंगिए, तनहुँ-२ मा किरण गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एमाले उम्मेदवार टुंगिए, तनहुँ-२ मा किरण गुरुङ

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७९, शनिबार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा एमालेका उम्मेदवार टुंगिएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएको हो ।

    तनहुँ-१ को प्रतिनिधिसभामा भने उम्मेदवार टुंगो लगाउन बॉकी छ । प्रतिनिधिसभामा तालमेल हुन सक्ने सम्भावना छ ।

    तनहुँ १ प्रदेश १ मा रामबहादुर गुरुङ र प्रदेश २ मा पूर्णबहादुर गुरुङ उम्मेदवार बन्नेछन् । रामबहादुर २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पूर्णबहादुर भने केही समय अगाडी मात्रै एमाले प्रवेश गरेका थिए ।

    तनहुँ-२ को प्रतिनिधिसभामा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ उम्मेदवार बन्नेछन् । २०७४ मा प्रदेशसभामा विजयी भएर अर्थमन्त्री बनेका गुरुङ यसपटक सङ्घमा निर्वाचन लड्न लागेका हुन् ।

    तनहुँ २ प्रदेश १ मा श्यामराजा महत र प्रदेश २ मा केदार सिग्देल उम्मेदवार बन्नेछन् । सिग्देल २०७४ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।