दमौली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ का स्वतन्त्र उम्मेदवार हरिराज जोशीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि पानीको धारा चुनाव चिन्ह लिएर जोशी घरदैलोमा लागेका हुन् ।
जोशीले सोमबार भानु नगरपालिका-११ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको जोशीले बताए । ‘राजनीतिक दलबाट जनता आजित भइसकेका छन्, जनताबाट प्राप्त सुझावले हौसला मिलेको छ,’ उनले भने ।