दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-१ आँधीमूलमा हरिबाेधनी एकादशीकाे अवसरमा शुक्रबार नाै वटा फूलकाे डाेली तारिएकाे छ । आँधीमूलमा विभिन्न ठाउँबाट ल्याइएका नाै वटा फूलकाे डाेली तारिएकाे हाे ।
फूलकाे डाेली तार्न आँधीमूलमा हजाराै भक्तजनकाे उपस्थिति रहेकाे थियाे । एकादशीकाे अवसरमा आँधीमूलमा दश हजार भक्तजनकाे उपस्थिति रहेकाे अनुमान गरिएकाे आँधीमूल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौ भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताए । मन्दिरमा हरिबोधनी एकादशी र नयाँ वर्षमा विशेष चहलपहल हुने गर्दछ ।
आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ ।