दमौली आसपास चोरीको घटना बढ्यो, के गर्दैछ प्रहरी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली आसपास चोरीको घटना बढ्यो, के गर्दैछ प्रहरी ?

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७९, आईतवार

    दमाैली । तनहुँ सदरमुकाम दमौली आसपास विगत केही दिनयता चोरीका घटना बढ्न थालेका छन् । दमौली सदरमुकाम लगायत आसपासका क्षेत्रमा केही दिनयता चोरीका घटना बढेको हो ।

    व्यास नगरपालिका–५ चापाघाटमा आइतबार चार जनाको घरमा चोरी भएको छ । गिनीमाया थापा सहित चार जनाको घरमा दिउँसो कोही नभएको समयमा ताला फोडेर चोरी भएको बताइएको छ । थापा सहित चार जनाको घरबाट तिलहरी सहित करिब ३० हजार नगद चोरी भएको पीडितले बताएका छन् ।

    केही दिनअघि मात्रै व्यास–७ कलेस्तीमा पनि घर फोडेर चोरी भएको थियो । साथै दमौली बजारमा सुन्तला विक्री गर्न आएकी एक महिलाले आफूले लगाएको सुनको सिक्री चोरी भएको बताएकी थिइन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले चोरीको घटना बढेको स्वीकार गर्दै चोरीमा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको बताए । “चोरीमा संलग्नलाई हामी खोज्दैछौ,” उनले भने ।

    दमाैलीवासीले प्रहरीले शान्तिसुरक्षा व्यवस्था कायम गर्न नसकेकाे भन्दै आक्राेश व्यक्त गरेका छन् ।