नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७९, शुक्रबार

    दमौली । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

    जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।

    शाहलाई नवलपुर अदालतले बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । तनहुँ अदालतमा भने उनी विरुद्ध सुनुवाई हुन बॉकी छ । शाह हाल तनहुँ कारागारको थुनामा छन् ।