पोखरा । प्रतिनिधिसभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार गुरुङले २५ हजार ७०८ मत ल्याए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले २३ हजार १८९ मत पाए । गुरुङ दुई हजार ५१९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।