


दमाैली । व्यास नगरपालिकाले ३८ औं नगरसभामा छ वटा विधेयक पेश गर्ने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न कार्यपालिका बैठकले पुस २८ र २९ गते आयोजना हुने नगरसभामा छ वटा विधेयक पेश गर्ने निर्णय गरेको हो ।
उक्त नगरसभामा पेश गर्नका लागि विभिन्न विधेयकहरु सम्बन्धित विषय समितिले विद्यायन समिति मार्फत पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

नगरसभामा व्यास नगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७९, व्यास नगरपालिका वन विधेयक, २०७९, व्यास नगरपालिका योजना आयोग (गठन तथा सञ्चालन) विधेयक, २०७९, व्यास नगरपालिका सङ्घ संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, २०७९, व्यास नगरपालिका वातावरणीय तथा प्राकृतिक श्रोत संरक्षण विधेयक, २०७९ र व्यास नगरपालिका स्वास्थ्य विधेयक, २०७९ पेश गरिने भएको छ ।
